Comments Add Comment

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीको विशेष दूत भारत पठाउने तयारी

१६ मंसिर, काठमाडौं । उपनिर्वाचन र दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता उद्घाटन आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘साग सुरु’ शीर्षक दिएर सागबारे मुख्य समाचार बनाएको छ । उपनिर्वाचनको समग्र मतपरिणामको समीक्षा र कास्की–२ को नतिजाबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक छापेको छ ।

सत्तारूढ र प्रमुख प्रतिपक्षी दुवैका दाबी खण्डित भएको ठहर कान्तिपुरको छ । ‘सत्तारूढ र प्रमुखख प्रतिपक्षी दुवैका दाबी खण्डित’ शीर्षक समाचारमा कान्तिपुरले लेखेको छ, ‘ प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२२ स्थानमा भएको उपनिर्वाचन परिणामले सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दुवै दललाई खास सन्देश दिएको छ । आफ्नो लोकप्रियता बढेको नेकपाको दाबी र सरकार तथा सत्तासीन दल अलोकप्रिय भइसके भन्ने कांग्रेसको दाबी दुवैलाई यो परिणामले खण्डित गरेको छ ।’

अघिल्लो निर्वाचनको नतिजामा केही हेरफेर भए पनि समग्रमा तीन तहमै वर्चस्व कायम गरेको नेकपाको पोजिसन नबदलिएको कान्तिपुरको विश्लेषण छ ।

अन्नपूर्णले ‘साग शुभारम्भ’ शीर्षक दिएर मुखपृष्ठमा सागबारे कभरेज गरेको छ । त्यस्तै, उपनिर्वाचनको मत परिणामलाई अन्नपूर्णले कभरेज गरेको छ ।

अन्य अखबारहरूले जस्तै पहिलो पृष्ठमा साग र उपनिर्वाचनबारे समाचार बनाएको राजधानीले भित्री पृष्ठमा नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेको लेखेको छ । समाचार अनुसार, प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँदिल्ली पठाउने तयारी गरेका छन् ।

नेकपा स्रोतको हावाला दिएर लेखिएको समाचार अनुसार, पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत पठाउने तयारी प्रधानमन्त्रीले गरिरहेका छन् । ओलीले केही समयअघि नेता नेपाललाई बालुवाटारमा बोलाएर भारतबाट अतिक्रमण भएको नेपाली भूमि फिर्ता गराउन आग्रह गरिसकेको र नेपाल सकारात्मक देखिएको समाचारमा उल्लेख छ ।

भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाव पर्दै आएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment