+
+

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको मतान्तर फराकिलो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते ८:४०

१६ मंसिर, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा काग्रेस उम्मेदवारले आफ्नाे अग्रता थप बढाएका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८  मत हासिल गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।

धरानको मतगणनामा तिलकले अग्रता बढाउँदै गएका छन् । यसअघि तिलकले १ हजार ६ सय ७ को अग्रता लिएकोमा अहिले त्यसलाई बढाएर २ हजार ६ सय ५ पुर्याएका छन् ।

उपमहानगरपालिकाको वडा नंं. १ र ७ को अहिले मतगणना भइरहेको छ ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।

धरान उपमहानगरपालिकाकै वडा नं. ७ को वडाध्यक्षका लागि पनि शनिबार मतदान भएको छ । यहाँ अहिले मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?