Comments Add Comment

ट्रायाथोलन पुरूषतर्फ नेपाललाई कास्य, भारतले स्वर्ण जित्यो

१६ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक जितेको छ । स्वर्ण पदक भने भारतको पोल्टामा परेको छ ।

नेपालका लागि नितेश चौधरीले काष्य पदक दिलाएका हुन् ।

पोखरा लेकसाइडमा भएको प्रतियोगितामा भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जितेका छन् । रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमको पोल्टामा परेको छ ।
गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए । प्रतियोगिता महिला तथा पुरूष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment