Comments Add Comment

शैली थिएटरको आफ्नै नाटकघर

वि.सं २०६५ सालबाट औपचारिक रुपमा सुरु भएको शैली थिएटरले आफ्नै नाटकघर बनाएको छ । १० वर्षअघि औपचारिक रुपमा सुरु भएको थिएटरले रातोपुलमा आफ्नै घर बनाएको हो । आइतबार उक्त नाटकघरको औपचारिक उद्घाटन गरिएको छ । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले एउटा ठुलो सपना पूरा भएको बताए ।

उनले भने–‘हामीले २०७४ सालको असारबाट नाटकघरको निर्माण सुरु गरेका थियौं । झण्डै २ वर्षपछि हामीले देखाउन मिल्ने गरी नाटक घर तयार गरेका छौ । यो हाम्रो लागि निकै खुसीको कुरा हो ।’

शैली थिएटरको उद्घाटनमा कलाकार रमेश बुढाथोकी, बद्री अधिकारी, गायक नारायण रायमाझी, गायक प्रकाश सपुत लगायतको उपस्थिती थियो । नाटक घरको औपचारिक उद्घाटनपछि गोविन्द बहादुर मल्ल ‘गोठाले’को लेखनमा तयार भएको ‘भुसको आगो’ नामक नाटक मञ्चन भएको थियो । जसलाई निर्देशक नवराज बुढाथोकीले नाटकको रुप दिएका हुन् । यो नाटक मंसिरको ३० गतेसम्म मञ्चन हुनेछ ।

’भुसको आगो’ले प्रजातन्त्रपछि महिलाको अवस्था के थियो भन्ने विषयलाई प्रस्तुत गरेको छ । नाटकमा देखिने कलाकारहरु सबै महिलामात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment