Comments Add Comment

प्रदेश ५ : अनुदानमा अनियमितता रोक्न मार्गदर्शन स्वीकृत

१६ मंसिर, बुटवल । प्रदेश ५ सरकारले अनुदान वितरणमा हुने अनियमितता र दुरुपयोग रोक्न अनुदान व्यवस्थापन मार्गदर्शन बनाएको छ । प्रदेश सरकारले वितरण गर्ने अनुदानको ठूलो हिस्सा दुरुपयोग र अनियमितता भएको पाइएपछि यस्तो परिपाटीलाई रोक्न अनुदान व्यवस्थापन सम्बन्धी एकीकृत मार्गदर्शन २०७६ स्वीकृत गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद वैठकले अनुदान व्यवस्थापन मार्गदर्शन लगायत चारवटा निर्णय गरेको हो । अनुदान दिंदा समेत मन्त्रालयका कर्मचारीले कमिसन रकम लिने गरेको प्रमाण भेटिएपछि अनुदान वितरणलाई पारदर्शी र कडाई गर्न मार्गदर्शन ल्याउनुपरेको सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

प्रदेश ५ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले बांडेको दुई अर्ब कृषि अनुदान मध्ये झण्डै ७० प्रतिशत रकम दुरुपयोग भएको ठहर भएको पाइएपछि यस्तो मार्गदर्शन ल्याइएको हो । प्रदेश सरकारले कृषि,शिक्षा लगायतका क्षेत्रमा अनुदान दिंदै आएको छ ।

मन्त्रिपरियाद वैठकले प्रदेश प्रशारण नियमावली २०७६ स्वीकृत गरेको छ । यस्तै वैठकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्ट्रेमदुरा कम्युनिटी प्रान्तको क्यासेरेस सिटी काउन्सीलबीच भगिनी सम्बन्ध स्थापनाका लागि नेपाल सरकारमा सिफापरिस पठाउने निर्णय गरेको छ । सरकारले बुटवल बार एशोसिएसनको आयोजनामा बुटवलमा हुने देशभरका वकिलहरुको राष्ट्रिय वैठकका लागि पाँच लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment