+

१५०० मिटर दौडमा नेपाललाई कास्य, भारतले स्वर्ण र रजत जित्याे

२०७६ मंसिर  १७ गते ८:१४ २०७६ मंसिर १७ गते ८:१४
१५०० मिटर दौडमा नेपाललाई कास्य, भारतले स्वर्ण र रजत जित्याे

१७ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा नेपालले कास्य पदक जितेको छ । स्वर्ण र रजत दुवै पदक भने भारतको पोल्टामा परेको छ ।

मंगलबार बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक हासिल गरेका हुन् । स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

पहिलो दिन  १५ स्वर्ण जित्दै पदक तालिकामा अग्रता बनाएकाे नेपालले यो समाचार तयार पार्दासम्म थप ३ स्वर्ण थप्दै १८ पुर्‍याएको छ । उसुको थाउलोमा २ र दुवाथोलनमा अर्को १ गरी नेपालले थप ३ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

१३ औं सागअन्तर्गत अहिले विभिन्न खेलहरू भइरहेका छन् ।

१३ औं साग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय