Comments Add Comment

एथलेटिक्समा सन्तोषीले दिलाइन् पहिलो स्वर्ण

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।

यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।

यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ ।

मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक-एक स्वर्ण पदक जितेका छन् ।

सोमबार नेपालले १५ स्वर्णपदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment