Comments Add Comment

नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

१७ मंसिर, काठमाडौं । १३औं सागको क्रिकेटमा नेपालले श्रीलंकाको यू-२३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।

नेपालको सुरुवात राम्रो रहेन । नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ५१ रन थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासे ।

दुवैले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए । त्यसपछि आएका पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलमा २२ रन बनाएर आउट भए । दीपेन्द्र ७२ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment