Comments Add Comment

श्रीलंकाविरुद्ध ऐरीको आक्रामक अर्धशतक

दिपेन्द्र सिंह ऐरी । फाइल फोटो

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत श्रीलंकाविरुद्धको क्रिकेट म्याचमा नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्द्धशतक प्रहार गरेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा सम्मानजनक स्कोरतर्फ लम्केको छ ।

दोस्रो ओभरमै पारस खड्कालाई गुमाएर नेपाल दबाबमा आएको थियो । अर्का ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ बलमा २० रन बनाउँदै आउट भएपछि चौंथो नम्बरमा आएका ऐरीले नेपालको पारी सम्हालेका थिए । ऐरीले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् । १७ ओभरमा उनले श्रीलंकाका बलरलाई लगातार तीन चौका प्रहार गरेका छन् । ऐरीलाई विनोद भण्डारी र पवन सर्राफले बलियो साथ दिए ।

नेपालले श्रीलंकाको यू-२३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment