+
+
Shares

५ जिल्लाका सीडीओ हेरफेर, चितवनका बस्नेत पर्सा सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १७:१३

१७ मंसिर, काठमाडौं । गृहमन्त्रालयले छ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् ।

भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छन् ।

लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?