Comments Add Comment

शिवपुरमा कृषि र भेटनरी पढाउन महायज्ञ

१७ मंसिर, बुटवल । रुपन्देहीकै पुरानो मध्येको एक तिलोत्तमा-११ स्थित शिवपुर माविमा कृषि र भेटनरी कक्षा सञ्चालनका लागि रकम संकलन गर्न महायज्ञ गर्न थालिएको छ ।

मंसिर १८ गतेदेखि २६ गतेसम्म विद्यालय प्राङगणमा महायज्ञ हुन थालेको हो । गाउँमै प्राविधिक विषय पढाउन महायज्ञ आयोजना गरिएकाले स्थानियवासीमा उत्साह छाएको छ ।

महायज्ञ सुरु नहुँदै ४४ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिबद्धता आइसकेको प्रचार प्रसार समितिका संयोजक बेद गिरीले बताए ।

महायज्ञमा भूमिदानसहित पाँच करोड रकम संकलन गर्ने लक्ष्य रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भट्टराईले बताए ।

परम्परागत शिक्षा अबको समयमा प्रभावकारी नहुने भएकाले जीवन उपयोगी र व्यवहारिक शिक्षाका लागि कृषि र भेटरिनरी कक्षा सञ्चालन गर्न लागिएको महायज्ञ सम्पादन मुल समितिका अध्यक्ष एवं तिलोत्तमा-११ का वडा अध्यक्ष मुक्तिनारायण चौधरीले बताए ।

प्रविधिक शिक्षामा विपन्न वर्गको पहुँच पुर्‍याउने उद्धेश्यले आयोजित महायज्ञबाट लक्ष्य अनुसार सफलता मिल्ने उनको विश्वास छ ।

पछिल्ला केही वर्ष यता शैक्षिक गुणस्तरमा गुणात्मक सुधार भएसँगै विद्यार्थी संख्या बढ्दै गएका र प्राविधिक शिक्षाको माग भएकाले भौतिक पूर्वाधार र शिक्षकलाई तलबका लागि महायज्ञ आयोजना गर्नुपरेको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद भट्राईले बताए ।

आउँदोे शैक्षिक सत्रसम्म एक हजार विद्यार्थी संख्या पुर्‍याउने विद्यालयको लक्ष्य रहेको उनले बताए ।

२०१८ सालमा स्थापना भएको शिवपुर माविको स्वामित्वमा सात बिगाहा जग्गासमेत रहेकाले भौतिक पूर्वाधार बनाउन र विद्यार्थीलाई कृषि र भेटेनरीको प्राक्टिकल कक्षाका लागि जग्गाको कुनै समस्या नभएको प्रधानाध्यापक भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment