Comments Add Comment

ब्याडमिन्टनको टिम इभेन्टमा भारतलाई २ स्वर्ण

१७ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिन्टन प्रतियोगिताको टिम इभेन्टतर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । सोमबार राति भएको फाइनल खेलमा भारतले श्रीलंकालाई पराजित गरेको गर्दै स्वर्ण जितेको हो ।

भारतले पुरुषतर्फ ३–१ र महिलतर्फ ३–० को सेटमा सहज जित निकालेको हो । रजत विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाइनमा प्रवेश गरेको थियो । विजेताभ ारत पाकिस्तानलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको हो ।

फाइनलमा टिम इभेन्ट पुरुष सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनिदिनुका निसान पर करुणारत्नेलाई ३–० को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेटमा लय फर्काउँदै २१–१५ र २१–११ स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।

सिंगल्सतर्फ भारतका श्रीसाई सिरिल बर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।

पुरुष डबल्सतर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका इद्रीमुनिदिनुकानिसान पर करुणारत्ने र हासिथा चन्डाकामन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो ।

टिम इभेट महिला सिंगल्स सिंगल्सतर्फ पनि भारतले क्लिन स्वीप गर्‍यो । भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेम शिखाडायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् ।

तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनिनिमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारे पनि उनले रजत पदकमै चित्त बुझाउनु पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment