Comments Add Comment

बैंकर्स संघको अध्यक्षमा दाहालको मात्रै उम्मेद्वारी, कार्यसमितिमा ४ नयाँ अनुहार थपिने

१७ मंसिर, काठमाडौं । ‘क’ वर्गका बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेद्वारी परेको छ । मंगलबार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मात्रै अध्यक्षमा उम्मेद्वारी मनोनयन गरेका हुन् ।

एक जनाको मात्रै उम्मेद्वारी परेपछि दाहाल ने संघको नयाँ अध्यक्ष बन्ने पक्का भएको छ । यद्यपि, औपचारिक घोषणा भने बिहीबारमात्रै हुने संघको प्रमुख निर्वाचन अधिकृत अनिल शर्माले जानकारी दिए ।

संघको कार्यसमितमा उम्मेद्वारी दिएकाहरुले भोलि बुधबार फिर्ता लिन चाहे फिर्ता लिने वा दावि विरोधका लागि समय छुट्याइएको छ । बुधबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने र बिहीबार संघको निर्वाचन गर्ने कार्यतालिका छ ।

संघको उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष अनुकुल भाटनगर नै दोहोरिने भएका छन् । भारतीय मुलका भाटनगर नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा यथावत रहेन भएका छन् ।

४ नयाँ अनुहारको इन्ट्री
संघको नयाँ कार्यसमितिमा सर्वसम्मत नै हुने भएको छ । कुनै पदमा पनि एक जना भन्दा बढीको उम्मेद्वारी नपरेका कारण सर्वसम्मत नै हुने निर्वाचन अधिकृत शर्माले बताए ।

शर्माका अनुसार संघको नयाँ कार्यसमितिमा ४ नयाँ अनुहार देखिने भएका छन् । यस अघि संघको कार्यसमितिमा नरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले संघको कार्यकारी सदस्यका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

कसैको दावी विरोध नपरे वा उनीहरुले उम्मेद्वारी फिर्ता नलिएको खण्डमा सबै जना निर्विरोध निर्वाचित हुने निर्वाचन अधिकृत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment