+
+
Shares

महिला क्रिकेट : बंगलादेशसँग १० विकेटले हार्‍यो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ११:०५

१८ मंसिर, पोखरा । १३औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसँग १० विकेटको हार व्यहोरको छ ।

बुधबार पोखमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ५० रनमै समेटियो ।

५१ रनको झिनो लक्ष्य बंगलादेशले मात्र ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।

१९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए ।

आफ्नो इनिङमा नेपालले ४ चौका प्रहार गर्‍यो भने छक्का प्रहार गर्न सकेन ।

बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

नेपालले आफ्नो पहिलो खेलमा कमजोर माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?