Comments Add Comment

स्वस्थ रहने प्राकृतिक काइदा

स्वस्थ जीवन जिउने सबैको चाहना हुन्छ । यद्यपि, कतिपय कुराहरु नमिलेर हामी अस्वस्थ हुन्छौं । बिरामी भएपछि चिकित्सकको सल्लाह अनुसार औषधि खान्छौं । तर, हाम्रो करेसा बारी अथवा बगैंचामा उपलब्ध हुने कतिपय वनस्पतीहरुलाई सही तरिकाले उपयोग गर्न सकियो भने हामीलाई स्वस्थ जीवन जिउन सहयोग पुग्न सक्छ । हामीले यहाँ केही त्यस्ता वनस्पतिहरुको गुणका बारेमा जानकारी प्रस्तुत गर्दैछौं । जसले हामीलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

ज्वानोको फूल

ज्वानोको फूल एन्टी अक्सिडेन्ट तथा एन्टिसेप्टिक हो । यसलाई सुख्खा तथा हल्का माटोमा घाम लाग्ने ठाउँमा उमार्न सकिन्छ । रुघा लागेको बेला राति सुत्नुअघि यसको चिया पिउँदा आराम मिल्छ । खाली पेटमा भुटेको ज्वानो सेवन गरियो भने पेटको समस्यामा समेत फाइदा पुग्छ ।

एलोबेरा (घिउ कुमारी)

एलोबेरालाई दैनिक खानपिनमा समावेश गर्न सकिँदैन । यद्यपि यो एउटा औषधीय गुण भएको बिरुवा हो । यसको प्रयोग पाचन प्रणालीलाई सुधार्नका लागि गरिन्छ । एलोबेराको जुस स्वास्थ्यवर्द्धक हुन्छ । यसको जेलले छालालाई कोमल तथा नरम बनाउँछ । एलोबेराले छालामा पानीको आपूर्ति पनि गर्छ । स्किन ट्यानिङमा समेत यो अत्यन्त लाभदायक मानिन्छ ।

तुलसी

तुलसी परम्परागत औषधि नै हो । यो प्रायः सबैको घरमा उमारिन्छ । तुलसीलाई सामान्य रुपमा रूघाखोकी र पेन रिलिफमा उपयोगी मानिन्छ । टाउको दुखेका बेलामा तुलसीलाई मलेर निधारमा रगड्दा पनि धेरै फाइदा मिल्छ । तुलसीको प्याकले मुहारमा चमक ल्याउँछ । तातोपानीमा तुलसीको पात उमालेर सेवन गर्दा खोकी लागेको समेत निको हुन्छ ।

लेवेन्डर

यो एउटा एन्टिसेप्टिक हो । यसको माथिल्लो भागलाई टुक्रा पारेर एक कचौरा उमालेको पानीमा हालेर बाफ लिनु लाभदायक हुन्छ । यसको फूलको रसको प्रयोगले पुरानो दाग हटाउन मद्दत गर्छ ।

कागती

कागती पनि एउटा राम्रो औषधि हो । यसको सेवनले इम्युनिटी बढ्छ । कागतीले बान्ता, वाकवाकी, कब्जियत, पखाला आदिमा अचूक औषधि झैं काम गर्छ । अनुहारमा आएको दाग, डण्डिफोरमा कागतीको रसलाई मूलतानी माटोसित मिसाएर प्रयोग गर्दा फाइदा मिल्छ ।

पुदिना

पाचनसम्बन्धी समस्यामा पुदिनाको चिया अत्यन्त फाइदाजनक हुन्छ । पुदिनाको ताजा पातको चियाले पेटमा गाँठो, पेट फुल्ने, ग्याँस आदि समस्या निको पार्छ । पुदिनाले रुघाखोकीमा पनि प्राकृतिक औषधिका रूपमा काम गर्छ ।

मेहन्दी

मेहन्दीलाई मुड ठिक गर्न र चिसोबाट जोगिन दालचिनीका साथमा प्रयोग गरिन्छ । बाह्रै महिना उम्रने मेहन्दीको बिरुवा घाममा बढ्छ । एक चिम्टी मेहन्दीको चिया पिउँदा मौसमी बिरामी तथा विकारहरूबाट टाढा रहन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment