+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विदेशीको दानापानी खाएकाले मुलुकलाई प्रयोगशाला बनाए : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १४:५४

१८ मंसिर, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् ।

मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ ।

विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको पैसा खाएर यस्तो कार्यमा उनीहरु लागेको भनाइ थियो । तर उनले कस्ता मानिस हुन उनीहरु भनेर किटान भने गरेनन् ।

मुलुकमा संघीयता स्थापित भएपछि फेरि संघीयता भएन अब अर्को व्यवस्था चाहिन्छ भन्नेहरुले मुलुका राजनीतिक अस्थिरता ल्याउन खोजिरहेको भएता पनि उनीहरुको त्यो सपना पूरा नहुने मन्त्री कार्कीको दावी थियो ।

नेपालमा संविधान कार्यान्वयभई संघीय गणतन्त्र स्थापित भइसकेको उनको भनाइ थियो ।

मन्त्री कार्कीले न्याय प्रदान गरेर मात्र हुँदैन न्यायको अनुभुति जनताले पाउने गरी न्याय प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै स्थानीय तहमा रहेको न्यायिक समितिलाई थप प्रभावकारी बनाउने प्रदेश सरकारले नया कार्ययोजना ल्याउन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?