१८ मंसिर, काठमाडौं । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।
आइतबार प्रतितोला ७१ हजार ६ रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार ७१ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार ७१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ रुपैयाँ पुगेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4