Comments Add Comment

अब काठमाडौं पनि सडक मानवमुक्त

१८ मंसिर, काठमाडौं । भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको केही महिनापछि अब सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरपालिकालाई पनि सडक मानव मुक्त घोषणा गरिने भएको छ ।

सडकमा दुःखी र असहाय कोही नभेटिउन् भन्ने उद्देश्यले अभियान शुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार २५ औं महानगर दिवसको अवसर पारेर यस्तो अभियानको शुभारम्भ गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

यस अभियानलाई सफल बनाउन महानगरले मेयर शाक्यकै संयोकत्वमा मूल समिति बनाएको छ भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यान्वयन उपसमिति बनाएको छ ।

‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ बनाउनका लागि कार्यान्वयन उपसमिति समेत गठन गरिएको छ । यसका लागि मानव सेवा आश्रमसँग सहकार्य गरिएको मेयर शाक्यले बताए ।

सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचारपश्चात घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा जुटिरहेको मानवसेवा आश्रमलाई महानगरले विभिन्न खाले सहयोगसमेत गर्दै आएको छ ।

आश्रित व्यक्ति बसेका बुढानिलकण्ठ र सामखुशीका दुई भवनको भाडासमेत महानगरपालिकाले तिर्दै आएको छ । त्यसैगरी आश्रमलाई गाडी खरिदका लागि पनि महानगरपालिकाले १६ लाख सहयोग गरिसकेको छ । भवन निर्माणमा समेत महानगरले ३ करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment