Comments Add Comment

विप्लव समूहका युवा सचिव पक्राउ

१९ मंसिर, गलकोट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनका बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

सुनार गलकोट नगरपालिका–४, भयरखर्कका हुन् ।

पक्राउ परेका सुनारमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment