Comments Add Comment

‘मिस पूर्वाञ्चल’का लागि २१ जना प्रतियोगी छानिए

‘मिस पूर्वाञ्चल’को दशौं संकरणका लागि २१ जना प्रतिस्पर्धीहरु छनोट भएका छन् । अनलाइन फर्म, धरान, इटहरी र विराटनगरको अडिसनबाट २१ जनालाई छनोट गरिएको हो ।

पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’का लागि धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत, सुष्मिता बराइली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशी बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु छनोट भएका छन् ।

यस्तै, इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ , इटहरीबाट सुदिक्षा विश्वकर्मा, निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई , पथरीबाट रीजु भट्टराई , रेजिना राई ,र धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका हुन् । प्रिजनी नेपाल ‘मिस इटहरी आइकन २०१९’को बिजेता हुन् भने रीजु भट्टराई ‘मिस पथरी सनिस्चरे २०१९’ र एन्जल राई ‘मिस राई २०१९’ कि बिजेता हुन । प्रियारानी लामाले उनीहरुलाई तालिम दिनेछिन् ।

प्रतियोगिहरुलाई इपिएस ,व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

मिस पूर्वाञ्चलको विजेताले उपाधिसँगै दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रावृत्ती पाउनेछिन् । यो प्रतियोगीताको फाइनल पौष ५ गते धरानामा आयोजना हुनेछ । त्यस्तै फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः एक लाख र पचास हजार नगद पुरस्कार सँगै छात्रावृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment