
सामाजिक संजाल ट्विटरमा अहिले नायक अक्षय कुमार र सलमान खानका फ्यानविच भिडन्त चलिरहेको छ । यसको मुख्यकारण हो, सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्त ।
डिसेम्बर २० मा सलमानको चलचित्र ‘दबंग ३’ रिलिज हुँदैछ भने डिसेम्बर २७ मा अक्षय कुमारको ‘गुड न्यूज’ रिलिज हुँदैछ । एक साताको अन्तरमा चलचित्र रिलिज हुने भएपनि फ्यानविच वार भने छेडिएको छ ।
अझ, सलमान र अक्षयको चलचित्र सन् २०२० को इदमा एकसाथ रिलिज हुँदैछन् । यसले, बलिउडमा दुई स्टारको स्टारडमलाई समेत चुनौती दिएको छ ।
सलमान खानको ‘राधे’ र अक्षय कुमारको ‘लक्ष्मी बम’ आउँदो बर्षको इदमा रिलिज हुँदैछन् । सलमानसँग भिडन्तको बिषयमा अक्षय भन्छन्–‘एउटा ठूलो चाडमा दुई चलचित्र एकसाथ रिलिज हुन किन सक्दैन ?’
अक्षयले अगाडि भने–‘मैले मेरो चलचित्रको रिलिज मिति पहिले घोषणा गरेको थिएँ । फेरि, यति ठूलो चाडमा दुई चलचित्र रिलिज हुँदा दर्शकले दुबै चलचित्र हेर्छन् ।’ अक्षयले ठूलो चाडमा वा विदामा दुई चलचित्र रिलिज हुनुपर्ने मुद्दा यसअगाडि पनि उठाउँदै आएका थिए ।
प्रतिक्रिया 4