+
+
Shares

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १२:४९

१९ मंसिर, काठमाडौं । नवलपरासी(पूर्व) को गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २६ वर्षीय बीरेन्द्र गिरी रहेका छन् ।

गैंडाकोट नगरपालिका-२ नमस्ते चोकस्थित सडकमा ना.६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा गिरी गम्भीर घाइते भएका थिए ।

घाइते गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका-४ बस्ने २१ वर्षीय आकाश सिंजाली घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी साधन तथा ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?