+
+
Shares

आईएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १३:३३

१९ मंसिर, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वाषिर्क साधारण सभा बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएको छ ।

सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गरेको छ ।

सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएतापनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्‍याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।

कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनीमहानुभावहरु, कम्पनीप्रतिबिश्वास र भरोसा गर्ने बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकायतथा सम्पूर्ण बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथावित्तीय संस्थाएवं अन्यशुभेच्छुकहरु सवै प्रति कृतज्ञता ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?