+
+
Shares

सावित्राले बनाइन् सर्वाधिक गोलको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १४:३२

१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् ।

१३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् ।

सावित्राले गरेका गोल

१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४: १ गोल

२) साग २०१६ : २ गोल

३) साफ च्याम्पियनसिप २०१६ : १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल

५) हिरो गोल्डकप २०१९ : ४ गोल

६) साफ च्याम्पियनसिप २०१९ : ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल

८) नादेझ्दा कप २०१९ : ७ गोल

९) मैत्रीपूर्ण खेल : २ गोल

१०. १३ औं साग : २ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?