+
+
Shares

प्रभु बैंक लिको बयलबास शाखा कार्यालय सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १६:४४

१९ मंसिर, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ०६स्थित बयलबासमा आफ्नो १९९औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरे ।

बैंकको बयलबासमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि मनोजकुमार देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको बयलबास शाखाकार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?