
१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फको अंक तालिकामा यु–२३ भुटान शीर्षस्थानमा छ । बिहीबार यू–२३ माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको भुटानले तीन खेलबाट ६ अंक जोडेको छ ।
यु–२३ नेपालसँग पराजित भएको भुटानले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।
सागको साविक विजेता नेपालको चार अंक छ । दुई खेल मात्रै खेलेको नेपाल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।
तीन खेलबाट चार अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । बिहीबार उसले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । बंगलादेशका लागि एम रहमानले ११ औं मिनेटमा गोल गरेका थिए ।
नेपालले शनिबार माल्दिभ्ससँग खेल्दैछ ।
साग पुरुष फुटबलमा नेपाल, भुटान, बंगालादेश, माल्दिभ्स र श्रीलंकाबीच राउन्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई स्थानमा रहेका टीम फाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया 4