Comments Add Comment

कमलबहादुर कास्यमा सीमित

२० मंसिर, पोखरा । भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारी कास्य पदक जितेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् । उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कूल २५२ केजी भार उठाए ।

उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।

पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् ।

यो पनि पढ्नुहोस नेपालमा मेरो कडा प्रतिस्पर्धी नै भएनन्

कमलबहादुरले २००६ कै सागमा स्वर्ण जितेका थिए । भारोत्तोलनमा पुरुषतर्फ नेपालले जितेको यो एक मात्र स्वर्ण हो । २०१० मा उनको प्रदर्शन खराब रह्यो भने २०१६ को १२ औं सागमा उनले भाग लिएका थिएनन् ।

प्रकाशलाई पनि कास्य

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालका प्रकाश केसीले पनि कास्य पदक जितेका छन् ।

प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लिन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।

यसअघि उद्घाटनको दिन नेपालले १ स्वर्ण र २ कास्य पदक भित्र्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment