Comments Add Comment

साइक्लिङको इलाइटमा भारतलाई स्वर्ण

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत साइक्लिङको इलाइट स्पर्धामा भारतले शुक्रबार दुई स्वर्ण जितेको छ ।

पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । भारतकै पन्वार अर्विन्द ४९ मिनेट २९.५०० सेकेन्ड समयमा दोस्रो भए । तेस्रो स्थानका श्रीलंकाली मावाथा अभिशाले ५२ मिनेट १५.५४० सेकेन्डमा दौड पूरा गरे ।

महिलामा भारतकी इलाङबाम चाउबा देवी पहिलो भइन् । चाउबाले निर्धारित १८.५ किलोमिटर दूरी ३० मिनेट ४७.६४० सेकेन्डमा तय गरिन् । श्रीलंकाकी अदिकारी (३१ मिनेट २५.२३३ सेकेन्ड) दोश्रो तथा श्रीलंकाकै कुमारासिंगे   (३१ मिनेट ३४.०७० सेकेन्ड) तेश्रो भए । नेपालले पहिलो र दोस्रो दिन २-२ स्वर्ण जिते पनि तेस्रो दिन भने कुनै पदक जित्न सकेन ।

साइक्लिङको अन्तिम दिन सोही स्पर्धाको पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment