+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

८ एसपीको सरुवा, बालाजु र थानकोटका डीएसपी पनि फेरिए (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १०:४५

२१ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ ।

यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् ।

सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ ।

डिएसपीतर्फ साईबर व्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ ।

हेर्नुहोस् काज सरुवाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?