Comments Add Comment

फुटबल समर्थकको नारा : लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो

२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् ।

फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ ।

दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान्, गोल हान् ।’

बल नेपाली गोलपोस्टतिर जाँदा दर्शक शान्त बन्छन् । बल भारतीय गोल पोस्ट नजिक जाँदा दर्शकहरु जुरुक्कै  उठ्छन् र भन्छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान, गोल हान् ।’

करिब ६ हजारमात्र दर्शक अट्ने रंगशाला प्यारापिट पूरापूर भरिएको छ । भित्र सिट नपाएपछि बाहिरै बसेर पनि खेल हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment