Comments Add Comment

छापामा आज : अकुत सम्पत्ति आर्जन गर्ने राजस्व कर्मचारीको विवरण अख्तियारमा

२२ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धि आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेकका सामग्रीमा भने विविधता छ । कुनैले दुर्घटनाका क्षतिबारे सोधीखोजी गरेका छन् भने केहीले गुप्तचरले अख्तियारमा बुझाएको राजस्व कर्मचारीको विवरणबारे चर्चा गरेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति आर्जनको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएकोलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

अख्तियारको आग्रहमा राअविले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समूहका कर्मचारी, उनीहरूका परिवार र नातागोताको चल÷अचल सम्पत्ति विवरण बटुलेको हो ।

अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई सूक्ष्म निगरानी समूह नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ ।

‘फर्कियो म्याराथन छवि’ शीर्षक दिएर कान्तिपुरले साग खेलकुद प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धिबारे चर्चा गरेको छ । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबारको म्यारानथमा पुरुषतर्फ किरणसिंह बोगटीले जितेको स्वर्ण र पुष्पा भण्डारीले हासिल गरेको रजतलाई कान्तिपुरले म्याराथनको समृद्ध इतिहास पुनर्जीवितको रूपमा विश्लेषण गरेको छ ।

नागरिकको नजर स्थानीय सरकारमा मौलाएका बेथितिमाथि परेको छ । नागरिकका अनुसार काठमाडौं उपत्यकामा घर भएका तथा उपत्यकाभित्र र बाहिर स्थानीय तहका केही प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गर्दै आएको देखाउने गरेका छन् । विद्युतीय हाजिरी मेसिन बिगारेर उनीहरूले रजिस्टरमा हाजिर गर्ने गरेका छन् ।

अन्नपूर्णलले दुर्घटनाले हुने वार्षिक क्षतिको हिसाब निकालेको छ । मानवीय क्षतिसँगै ठूलो आर्थिक नोक्सानी हुने गरेको अन्नपूर्ण समाचारको सार छ । अन्नपूर्णका अनुसार वार्षिक ३० अर्बको क्षति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment