Comments Add Comment

नयाँदिल्लीमा आगलागी, ३२ जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।

भारतीय मिडियाहरुले मृतकको संख्या ३५ पुगिसकेको बताए पनि दिल्ली प्रहरीले ३२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment