Comments Add Comment

रामेछापका स्थानीय तहमा नेकपाले टुंग्यायो अध्यक्ष र सचिव

२२ मंसिर, रामेछाप । नेकपा रामेछापले जिल्लाका सबै स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ ।

जिल्लाका २ नगरपालिका, ६ गाउँपालिका र कार्यालय सदस्यको टुंगो पार्टी बैठकले लगाएको हो ।

नेकपाले जिल्ला पदाधिकारीहरुको संख्या भने थप गरेको छ । पार्टीका इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्ज श्यामकुमार श्रेष्ठ र कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, र सचिव शान्ति पौडेलसहित बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलका अनुसार मन्थली नगरपालिकामा पूर्वनेकपा एमालेका कृष्णहरी अधिकारी अध्यक्ष र पूर्वमाओवादीका दीपक प्रसाईं सचिव भएका छन् भने कार्यालय सदस्यहरुमा रामबाबु घिमिरे, राजु कार्की र निलकण्ठ श्रेष्ठलाई चयन गरिएको छ ।

त्यस्तै रामेछाप नगरपालिकामा तत्कालीन नेकपा माओवादीका मोतिलाल तामाङ अध्यक्ष र तत्कालीन एमालेका होतराज ढकाल सचिव भएका छन् । सो पालिकाको कार्यालय सदस्यहरुमा रोशन पाखि्रन, नरेशबाबु श्रेष्ठ र इन्दिरा बख्रेललाई मनोनित गरिएको छ ।

यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेबाट चित्रबहादुर कार्की, सचिवमा पूर्वमाओवादीबाट सरिता रसाइली र कार्यालय सदस्यहरुमा नावा तेङ्डु शेर्पा, लिला माया सुनुवार र अमिृत तामाङ रहेका छन् ।

गोकुलगंगा गाउँपालिका कमिटीको अध्यक्षमा पूर्वएमालेबाट खड्गबहादुुर सुनुवार, सचिवमा पूर्वमाओवादीबाट प्रज्ञान खड्का छानिएका छन् भने कार्यालय सदस्यहरुमा महेश प्रधान, दीपक कार्की र इन्ऽबहादुर तामाङलाई चयन गरिएको छ ।

लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका उद्धवप्रसाद कडेरिया, सचिवमा पूर्वमाओवादीका धु्रबकुमार कार्की, कार्यालय सदस्यहरुमा लिलाबहादुर बस्नेत, काजीबहादुर थापामगर र उद्धवप्रसाद पौडेल छानिएका छन् ।

खाँडादेवी गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका ज्ञानकुमार श्रेष्ठ, सचिवमा पूर्वमाओवादीका रमेश तामाङ, तथा कार्यालय सदस्यहरुमा रमा घिसिङ, पुष्करकुमार कार्की र शम्भु तामाङलाई जिम्मेवारी दिएको छ ।

दोरम्बा गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीबाट हिरा श्रेष्ठ, सचिवमा पूर्वएमालेबाट कुमार कँडेल, कार्यालय सदस्यहरुमा दावाशम्बु शेर्पा, मेचमान योञ्जन र प्रविणकुमार मोक्तान छानिएका छन् भने सुनापती गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका ज्ञानकुमार योञ्जन, सचिवमा पूर्वएमालेका रामकृष्ण लामा, कार्यालय सदस्यहरुमा सोमप्रसाद सापाकोटा, रामकृष्ण घिसिङ र रोज ग्यापक छानिएका छन् ।

नेकपा रामेछापको बैठकले जिल्ला पार्टी पदाधिकारीमा पाँच जना सदस्य थप्ने निर्णय पनि गरेको छ । योसँगै अब नेकपाको पदाधिकारी सात सदस्यीय भएको छ ।

नेकपा रामेछापले पूर्वएमालेबाट तीन जना र पूर्वमाओवादीबाट दुई जना गरी पाँच जनालाई कार्यालय सदस्य बनाउने निर्णय गरेको हो ।

पदाधिकारीमा पूर्वएमालेबाट प्रेमबहादुर तामाङ, आनन्द श्रेष्ठ र झम्क कँडेल परेका छन् । यसैगरी पूर्वमाओावदीबाट पेमा लामा र शकंर बोहोरा परेका छन् ।

तामाङ यसअघि पूर्वएमाले रामेछापको उपाध्यक्ष, श्रेष्ठ सचिव र कडेल कोषाध्यक्ष थिए । लामा यसअघि पूर्वमाओवादीबाट कार्यालय सदस्य र बोहोरा कोषाध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment