Comments Add Comment

यी हुन् प्रविधि जगतका अर्ब पति, जसलाई थाहा छैन आफ्नो सम्पत्ति कति छ ?

अहिले उनी विश्वका ३८ औँ सर्वाधिक धनी व्यक्तित्व हुन् । ब्लुम्बर्गको अर्बपति सूची अनुसार उनको कूल सम्पत्ति २४ अर्ब ६० करोड डलर रहेको छ । तर उनी आफैलाई चाहिँ आफ्नो धनसम्पत्ति कति छ ? भन्ने कुरा थाहा छैन ।

हो, आफ्नै सम्पत्तिको पत्तो नभएका यस्ता अर्वपति पनि छन् दुनियाको प्रविधि जगतमा ।

उनको नाम हो, एलोन मस्क । उनी टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

हालै उनले एउटा यस्तो दाबी गरे कि त्यसले सबैजनालाई अचम्ममा पारिदियो । मस्कका अनुसार आफ्नो सम्पत्ति कति छ ? वा आफूसँग नगद कति छ ? भन्ने बारेमा उनलाई थाहै छैन ।

आफूविरुद्ध लागेको एक मुद्दाको सुनुवाईका क्रममा मस्कले अदालतमा यस्तो जिकिर गरेका हुन् ।

सुनुवाईका क्रममा अदालतमा उनलाई उनको सम्पत्ति कति छ ? भनेर प्रश्न सोधिएको थियो । त्यसको जवाफमा उनले आफ्नो कूल सम्पत्ति दिनहुँ घटबढ हुने भएकाले आफूलाई एकिन थाहा नहुने बताए ।

साथै उनले मुख्य दुई कम्पनी टेस्ला र स्पेस एक्समा आफ्नो शेयर रहेको र त्यहीँ शेयर धितो राखेर ऋण पनि लिएको बताएका छन् । आफूसँग खासै धेरै नगद चाहिँ नभएको पनि उनको दाबी छ ।

त्यसपछि उनलाई सोधियो, ‘त्यसोभए तपाईंको सम्पत्ति लगभग २० अर्ब डलर जति होला ?’

जवाफमा उनले आफूले ठ्याक्कै भन्न नसक्ने भन्दै स्पेस एक्स र टेस्लाको शेयर मूल्य शायद त्यति हुनुपर्ने बताए ।

एउटा ट्वीटका सम्बन्धमा अदालतमा परेको मुद्दामा जवाफ दिन उनी उपस्थित भएका थिए ।

मस्कले गत वर्ष एउटा ट्वीट गर्दै एकजना बेलायती गुफा अनुसन्धानकर्ता भेर्नन अन्सवर्थलाई ‘पेडो गाइ’ भनेसँगै विवाद उत्पन्न भएको थियो र मस्कविरुद्ध गाली बेइज्जतीको मुद्दा अदालतमा दायर भएकाे थियो ।

आफूलाई पेडो अर्थात् पेडोफाइल (बाल यौन दूराचारी) भनेको भन्दै ती अनुसन्धानकर्ताले मुद्दा हालेका थिए । तर मस्कले चाहिँ आफूले पेडो गाइ भन्नुको अर्थ बाल यौन दूराचारी नभै कुप्रो बुढो मान्छे भन्न खोजेको जिकिर गरे ।

अन्ततः लस एन्जल्स अदालतले मस्ककै पक्षमा फैसला गर्दै उनलाई सफाइ दिएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment