Comments Add Comment

सुटिङका २० मध्ये भारतलाई १७ स्वर्ण

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतल नै स्वर्ण पदक जितेको छ । सुटिङका २० मध्ये १७ वटा स्वर्ण पदक भारतले जितेको छ भने २ वटा स्वर्ण पदक पाकिस्तानले हात पारेको छ । नेपाल अहिलेसम्म सुटिङमा पदकविहीन छ । सुटिङको एउटा स्वर्ण पदकका लागि सोमबार प्रतिस्पर्धा हुनेछ ।

आइतबार १० मिटर एयर पेस्तोल पुरुषमा भारतका श्रवन कुमारले स्वर्ण पदक जितेका हुन् । सातदोवाटोस्थित सुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनले २४१.५ अंकका साथ स्वर्ण पदक जित्दा पाकिस्तानका गुल्फान जोसेफले २३७.२ अंक जोड्दै रजत पदकमा चित्त बुझाए ।

भारतका रविन्दर सिंहले कास्य पदक हात पारे । उनले २१६.६ अंक बनाएका थिए । यसैगरी श्रीलंकाका तन्थुलंगो डी.एस फर्नान्डो १९४.७ अंकका साथ चौथो स्थनमा हुँदा भारतका सुमित रमन १७५.५ अंकका साथ पाँचौं स्थानमा थिए ।

यसैगरी पाकिस्ताकन रसिद इद्रिस १५५.५ अंकका साथ छैटौं स्थानमा रहँदा बंगलादेशका सकिल अहमद १३४.६ अंकका साथ सातौं र सोही देशका अब्दुर रज्जाक ११४.९ अंकका साथ आठौं स्थानमा रहे । यस स्पर्धामा नेपालका विपेश खड्का, सुकदेव चौधरी र बदरुद्दिन अन्सारीले छनोट चरण पार गर्न असफल भएका थिए ।

यस्तै १० मिटर एयर पेस्तोल पुरुषको टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका सुमित रमन, रविन्दर  सिंह, श्रवण कुमारको समूहले १७१३ अंकका साथ स्वर्ण पदक जितेको हो । यस्तै बंगलादेशका अव्दुर रज्जाक, सकिल अहमद, मोहम्मद सब्बिर अलमिनको समूहले १७०२ अंकका साथ रजत पदक हात पार्‍यो ।

त्यस्तै पाकिस्तानले यस इभेन्टमा कास्य पदक जित्न सफल भयो । पाकिस्तानका गुल्फान जोसेफ, कलिम उल्लाह र रसिद इद्रिसले १६९५ अंकसहित कास्य जितेका हुन् । यो इभेन्टमा नेपाली टिम चौथो भयो । नेपालका बदरुद्दिन अन्सारी, विपेश खड्का, सुकदेव चौधरीको समूहले १६५५ अंक जोडेको थियो ।

पाँचौं स्थानमा श्रीलंकन टिम आयो । श्रीलंकाका मौदिसेल्गे एस.एम.डी. दिसानायके, सुरंगा विडामंगे, र थलुंगे डी.एस. फर्नान्डोको समूहले १६५१ स्कोर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment