
२३ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4