Comments Add Comment

बाल्यकालका दिन किन अति सुन्दर हुन्छन् ?

बाल्यकालका दिनहरु अति नै सुन्दर हुन्छन् । सपनाको संसार जस्तो लाग्ने बाल्याकालका हरेक क्षण पीडा र तनावदेखि टाढा हुनुका साथै ती दिनहरु उर्जाले भरिपूर्ण हुन्छन् । यदि तपाईं पनि झैं-झगडा, मानसिक तनाव र रोगहरुबाट टाढा एउटा स्वास्थ, खुशी, रोचक र सहज जिन्दगी बाँच्न चाहनुहुन्छ भने केही कुराहरुमा ध्यान दिनु आवश्यक छ । तपाईं ३५ वर्षको हुनुहुन्छ अथवा ५५ वर्षको, जीवनलाई त्यस्तो रंगले भर्नुपर्छ, जुन बाल्यकालमा हुन्छ ।

झगडा गर्नु, रिसाउनु र तुरुन्त फकाउनु

सम्झनुहोस्, बाल्यकालमा यदि तपाईंलाई कुनै कुरा नराम्रो लाग्दा तपाईं त्यो कुरालाई प्रस्ट रुपमा भन्नु हुन्थ्यो । कुनै पनि कुरालाई मनमा लुकाएर राख्नु हुँदैन थियो । आफ्नो अधिकार माग्नु हुन्थ्यो । साथीसँग झगडा गर्नु र केही समयपछि उसैसँग खेल्न जानु । मनमा कुनै मैलो नहुनु, कुनै गुनासो हुँदैन थियो । तर, अहिले त्यस्ता धेरै कुराहरु र गुनासाहरु छन् । जुन तपाईं आफ्नो मनमा दबाएर राख्नुहुन्छ । भित्र-भित्रै कुराहरु गुम्साउनु हुन्छ । कसैको कुरा नराम्रो लाग्दा आहत हुनुहुन्छ ।

स-साना कुरामा रिसाउनुहुन्छ । त्यही रिसको आगोले आफूलाई वर्षौं पोलिरहनुहुन्छ । यस प्रकार तपाईं स्वंम आफ्नो स्वास्थलाई नोक्सान पुर्‍याउनु हुन्छ । सम्बन्धमा फाटो ल्याउनु हुन्छ र वर्षौं वर्ष पीडाको बोझ मनमा लिएर बाँच्नु हुन्छ । यसो गर्नुभन्दा बालबालिका जस्तै अरुको कटु वाक्यलाई हल्का लिन सुरु गर्नु पर्छ । आफ्नो मन सधैं सफा राख्नुपर्छ ।

हरेक समय केही नयाँ सिक्ने चाहना

बाल्यकालमा मानिस हरेक समय केही न केही नयाँ सिक्छन् । उनीहरुको हातमा केही सामान दियो भने त्यो सामानसँग उनीहरु घण्टौं खेल्छन् । नयाँ-नयाँ प्रयोग गर्छन् । त्यसको पाटपुर्जा फुटाएर हेर्ने वा थाहा पाउने कोसिस गर्छन् । हरेक कुरामा प्रश्न सोध्छ । सधैं केही नयाँ थाहा पाउने र सिक्ने कोसिस गर्छ । यही स्वभावका कारण बालबालिका न कहिले बोर हुन्छन् र दिक्क भएर बस्छन् । दिमाग र शरीर दुबैले हरेक समय एक्टिभ रहन्छन् । यो सक्रियताको कारण उनीहरु बिमारी पनि कम हुन्छन् ।

यो पनि पढ्नुहोस जीवन जिउने कला बच्चाबाट पनि सिक्ने कि ?

उनीहरुको शरीरमा उर्जा र आकर्षण भइरहन्छ । तर, ठूलो भएपछि हामी एउटा रुटिन जिन्दगी बाँच्न थाल्छौ । केही नयाँ सिक्ने र गर्ने इच्छा सकिन्छ । कहिले कम्प्यूटर अगाडि घण्टौंसम्म बसिरहन्छौं भने कहिले मोबाइल हातमा लिएर यसमा नै समय बिताउँछौं । त्यसो गर्दा शारीरिक तथा मानसिक निस्क्रियता उत्पन्न हुन्छ । जसका कारण विभिन्न रोगहरु र दिक्क लाग्ने समयको उत्पत्ति हुन्छ । त्यसैले यदि स्वस्थ हुन चाहनुहुन्छ भने दिमाग र शरीर दुबैलाई सधैं सक्रिय राख्नुपर्छ ।

सोझोपना र निर्दोषपन

बालबालिकाले सम्बन्धलाई नाफा र नोक्सानको तराजुमा तौलिँदैनन् । माया र निर्दोषपनले सबैलाई आफ्नो बनाउँछन् । बिना कुनै भेदभाव सबैलाई अंगालोमा बेर्छन् । सबैसँग रमाउँछन्, सबैलाई फुपु, मामा, अंकल, आन्टी बनाउँछन्, जसका कारण उनीहरुले हरेकको माया पाउँछन् । तर, ठूलो भएपछि हामी सम्बन्धमा पनि फाइदा हेर्छौं । त्यहि अनुसार नाता जोड्छौं ।

ईष्या, क्रोेध, वैमनस्यताको कालो छायामा हाम्रो सरलता कतै हराउँछ । जसको कराण उ सधैं तनावमा जीवन बिताउन थाल्छन् । यदि तपाईंले मनको खुशी चाहनुहुन्छ भने बालबालिकाको सरलता र निर्दोषपनालाई आफ्नो स्वभावको अंग बनाउनुपर्छ ।

स्वतन्त्र

बाल्यकालमा हामीलाई कुनै कुराको तनाव हुँदैन । न त पैसा कमाउने, न मनमा चोट लाग्ने र न त कोही अगाडि बढ्यो भनेर पिर लिनुपर्ने । जोसँग पनि मिल्ने गर्छन् । तर, ठूलो भएपछि स-साना कुराहरुमा तनाव लिन्छौं । कहिले भविष्यको चिन्ता त कहिले कोहीद्वारा बेवास्ता गरेकोमा रिस, कहिले कोही पि्रयलाई गुमाउने चिन्ता भने कहिले असफल हुने भय । यसप्रकार बिना कारणका चिन्ताहरु हाम्रो मनमा हरेक समय हावी नै भइरहन्छन् । बिस्तारै-बिस्तारै हाम्रो मनमा यति धेरै बोझहरु थपिन थाल्छ । जसले गर्दा मनले सही तरिकाले काम गर्न नसकेको महसुस हुन थाल्छ ।

यो पनि पढ्नुहोस तपाईंको बच्चाको बालापन त खोसिदै छैन ?

त्यसैले आजबाट नै मन र दिमागमा बोझ बढाउनुभन्दा मनलाई हरेक तनावबाट मुक्त गरेर स्व्ातन्त्र उड्न छाडिदिनुपर्छ । यसो गर्दा तपाईं बाल्यकालमा जस्तै खुशीका साथ जिन्दगी बाँच्न सक्नुहुन्छ ।

सरल र स्वच्छ

बालबालिकाहरु जे सोच्छन्, त्यही बोल्छन् । उनीहरुको मनमा जे हुन्छ त्यही बोलीमा पनि हुन्छ । उनीहरु सम्बन्धको समिकरणहरु अथवा अरुको खुट्टा तानेर आफू अगाडि बढ्ने दाउपेचहरुमा अल्झिदैनन् ।

यदि तपाईंले पनि जीवनमा सरल र स्वच्छताको गुणहरुलाई अपनाउनु भयो भने मागे बिना नै सम्मान र खुशीले भरिएको जिन्दगी प्राप्त हुन्छ । हामी ठूलो भएपछि हाम्रो दिमागको सेट नै परिर्वतन हुन्छ । हामी घुमिफिरी हामीलाई दुःख र अपमान भएको कुराहरु सम्झन पुग्छौं । हामी केही व्यक्तिहरुप्रति मनमा नकारात्मक भावना पनि राख्छौं । यसरी हाम्रो मन नकारात्मक उर्जाले भरिन्छ । यसको सिधा असर हाम्रो स्वास्थ्यमा पर्छ । यी सबैबाट बच्नका लागि तपाईंले आफूलाई नकारात्मक सोच र आफ्नो वरपर फैलिएका नकारात्मक सोचहरुबाट टाढा राख्नुपर्छ ।

हरेक कुरालाई राम्रो देख्नु बानी बसाल्नुपर्छ । यसो गर्दा तपाईमा शान्ति, स्वास्थ र उर्जाको सञ्चार हुन्छ । अरुलाई माफ गरेर मनलाइ सफा राख्नुपर्छ । यसो गर्दा तपाईं जीवन बिना कुनै पूर्वाग्रह बिना बाँच्न सक्नुहुन्छ ।

गल्ती हुँदा आत्तिनु हुँदैनबाल्यकालमा हामीले गल्ती गरेरै थुप्रै नयाँ कुराहरु सिक्छौं । जति नै ठूलो गल्ती भए पनि हाँसेर अघि बढ्छौं । तर, उमेर बढे लगत्तै हाम्रो सोचाइमा नै परिवर्तन आउँछ । हामी हरेक काम उत्कृष्ट शैलीमा गर्न चाहन्छौं । प्रतियोगितामा सबैलाई पछाडि पार्दै अघि बढ्न चाहन्छौं । तर, यो सबै गर्ने क्रममा हामीलाई के कुराको जानकारी हुँदैन भने हामीले आफैंलाई कति दबाबमा पारिरहेका छौं ।

आफ्नो स्वास्थका लागि कति धेरै अन्याय गरिरहेका छौं । जीवनमा गल्तीहरु गर्नु कुनै गलत कार्य होइन । गल्तीहरुबाट पाठ सिक्न खोज्नु चाहिँ गलत हो । गल्तीको डरले जोखिम न उठाउनु पनि गलत हो । त्यसैले हामीले बालबालिकाहरुले झैं गल्ती भएपछि त्यसैबाट सिक्दै अघि बढ्नुपर्छ । त्यस पछिमात्र जीन्दगीले तपाईंलाई खुशी दिनेछ ।

यो पनि पढ्नुहोस बच्चासँग भलाकुसारी गर्ने कि ?

खुलेर हाँस्नु

कहिलेकाहीँ बालबालिकाहरुलाई ध्यान दिएर हेर्नुहोस् । उनीहरु स-साना कुराहरुमा समेत खुलेर हाँस्छन् । अपरिचितहरुलाई देख्दा समेत मुस्कुराउँछन् । यदि ठूलो भएपछि हाम्रो त्यही हाँसो कतै हराउन पुग्छ । हामी सोची-सोची हास्छौं, मुस्कुराउँछौं । हामीले हाँस्नका लागि समेत प्रयास गर्नु पर्ने हुन्छ । कुनै पनि पार्कमा बिहान-बिहान तपाईंहरुले मानिसहरुको त्यस्तो समूह देखेको हुनुपर्छ । जो ठूल्ठूलो स्वर निकालेर हाँसिरहेका हुन्छन् । ताकि उनीहरुको फोक्सोले पूर्ण अक्सिजन पाउन सकोस् र स्वास्थ राम्रो होस् ।

तर, त्यसरी जबर्जस्ती हाँस्नाले त्यो फाइदा पाउन सकिँदैन । जति स्वभाविक रुपले हाम्रो भित्रबाट आउने हाँसोले प्रदान गर्छ । हामीलाई त ओठबाट आँखाम्म पुग्ने हाँसोको आवश्यकता पर्दछ । त्यस्तो मुस्कानले हरेक दुःख, पीडा, तनावबाट तपाईंलाई राहत दिनेछ । त्यसैले जीवनलाई सुन्दर बनाउनु छ भने खुलेर मनैबाट हाँस्नु होस् । हाँस्नका लागि कहिले पनि कञ्जुस्याईं नगर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment