Comments Add Comment

दीपकको सुझाव–‘डेटिङका लागि हल जानुहोस्’

निर्माता तथा कलाकार दीपकराज गिरी सामाजिक संजालमा जुनसुकै बिषयमा भने लेख्न अगाडि छन् । देशको राजनीति होस् या चलचित्र क्षेत्रकै बिषयमा किन नहोस्, दीपक निर्धक्क लेखिदिन्छन् ।

उनै, दीपकले सामाजिक संजालमा लेखे–‘केटाकेटीहरु, डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै चलचित्र हलमा गए पनि हुन्छ । हरिविजोग डटकम ।’

दीपकले हलमा दर्शक नआएपछि सुनसान भएको भन्दै ब्यङ्ग्य गर्दै यो स्टाटस कोरेका हुन् । हुनपनि, हिजोआज हलमा दर्शक नआएर सुनसानको अवस्था नै छ । देश तथा विदेशमा अवार्डको कार्यक्रम बढेका छन्, कलाकारको पारिश्रमिक पनि बढेको बढ्यै छ । तर, हलमा भने दर्शकको उपस्थिती नाजुक छ ।

यो बर्ष चलचित्रको व्यापारको अवस्था हेर्नुपर्दा, खुशी हुने अवस्था नै छैन । सिरिजको भरमा यो बर्ष चलचित्र क्षेत्र टिकिरहेको छ । नयाँ नाम गरेका चलचित्रलाई त दर्शकले पत्याएका नै छन् । विगत डेढ महिनादेखि हलमा दर्शक नभएर हलवाला नै निराश छन् ।

देशभर मल्टिप्लेक्स थपिन क्रम बढेको छ । तर, दर्शक नहुँदा सबैतिर निराशा छाएको अवस्था भने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment