+
महिला फुटबल :

भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै

२०७६ मंसिर  २३ गते १९:५५ २०७६ मंसिर २३ गते १९:५५
भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै

२३ मंसिर, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो ।

सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।

तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।

उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–० हार व्यहोर्‍यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय