
स्वर्ण जितेपछि खुशी मनाउँदै भुपेन्द्र । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।
६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।
यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।
भुपेन्द्रले आफूले जितेको स्वर्ण पदक आमालाई समर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4