Comments Add Comment

मिनुले रचिन् बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान

२० वर्षपछि बक्सिङमा स्वर्ण

२३ मंसिर, काठमाडौं । नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् ।

यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

खुसी शब्दमा बयान गर्न सक्दिन

जितपछि मिनुले आफ्नो खुसी शब्दमा बयान गर्न नसक्ने बताए । उनले भनिन्,, ‘भारतलाई हराएर जुन गोल्ड मेडल पाएको छु, यसमा एकदमै खुसी लागेको छ ।’
१२ औं सागमा उनले कांस्य जितेकी थिइन् । त्यसबेला श्रीलंकन खेलाडीसँग हारेकी उनले १३ औंमा स्वर्ण जित्ने लक्ष्यका साथ २०१६ देखि नै तयारी गरेको सुनाइन् ।

यद्यपि फाइनलमा भारतीय खेलाडीसँग भिड्न रिङमा उत्रिँदा मनमा कताकता डर लागेको मिनुले बताइन् । ‘मैले जितेको घोषणा गर्दै हात माथि उठाएपछिको क्षण बयान सक्दिनँ, मुटु नै ठूलो भएको छ’ उनले भनिन् ।

चितवनकी मिनाले ममी र भारतमा रहेका दाइ वीरबहादुर गुरुङको प्रेरणाले खेलमा लागेकी उनले जितमा पनि प्रशिक्षकहरुसँग परिवारका सदस्यलाई सझिइन् ।

त्रिभवुन आर्मीमा कार्यरत मिनुले ९ वर्षदेखि बक्सिङ खेल्दै आएकी छन् । उनले राष्ट्रिय खेलकुदमा कांस्यबाट सुरु गरेको यात्रा आठौंमा आइपुग्दा स्वर्णमा परिणत भएको थियो । अब ओलम्पिक छनोटका लागि थप मेहनत गर्ने उनको अठोट छ ।

तस्वीर : आर्यन धिमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment