
२३ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरधाममा आयोजना गरिएको कुस्ती खेलमा भारतले १४ स्वर्ण जितेको छ । सोमबार कुस्तीका सबै स्पर्धा सकिँदा भारतले २० मध्ये १४ स्वर्ण जितेको हो ।
सोमबार भएको दुई तौल समूहमा पनि स्वर्ण जित्दै भारतले स्वर्ण संख्या १४ बनाएको हो । पुरुषतर्फ ७४ किलो तौल समूहमा भारतका गौरव बालियानले र महिलातर्फको ६८ किलो तौलको समूहमा अनिताले स्वर्ण पदक जितेका छन् । सोमबार श्रीलंकाकी मालाले रजत र बंगलादेशकी रोइतिथीले कास्य पदक हात पारिन् ।
कुस्तीमा नेपालले एक स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको छ । ५५ किलो तौल समूहमा संगीता धामीले नेपालका लागि स्वर्ण जितेकी हुन् ।
पाकिस्तानले ३ स्वर्ण र ५ रजत जित्यो भने श्रीलंकाले २ स्वर्ण, ९ रजत र २ कास्य, बंगलादशले २ रजत र ७ कास्य जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4