Comments Add Comment

सिमेन्ट र गुणस्तरका कुरा

नेपालमा ६० वटा भन्दा धेरै सिमेन्ट कम्पनीहरु छन् । सिमेन्ट उत्पादनको कच्चा पदार्थको विशेषताका आधारमा सिमेन्ट उत्पादकहरु दुई थरीका हुन्छन् । पहिलो क्लिङकर किनेर सिमेन्ट उत्पादन गर्ने कम्पनी र दोस्रो आफ्नै चुन ढुंगाबाट क्लिङकर उत्पादन गरेर सिमेन्ट बनाउने ।

अर्घाखाँची सिमेन्ट यस्तो सिमेन्ट हो जसले सधै ताजा आफ्नै उत्पादनको क्लिङ्करबाट मात्रै सिमेन्ट उत्पादन गर्छ । आफ्नै चुन ढुंगाबाट सिमेन्ट उत्पादन गर्ने र गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्ने भएकाले अर्घाखाँची सिमेन्टलाई बजारमा उपलब्ध उच्च गुणस्तरको सिमेन्ट मानिन्छ ।

अर्घाखाँची सिमेन्ट नेपाली बजारमा आएको ५ वर्ष भयो । दैनिक ६० हजार बोरा सिमेन्ट उतपादन गर्ने क्षमता उद्योगको छ । देशभर वितरण क्षमता रहेको सिमेन्ट उद्योगले ओपीसी र पीपीसी  सिमेन्ट उत्पादन गर्दै आएको छ । पीपीसी सिमेन्ट उत्पादन थालेको सात महिना भयो । ओपीसी सिमेन्ट संरचना ढलानका लागि प्रयोग गरिन्छ भने पीपीसी सिमेन्ट प्लास्टर र जोडाईका लागि प्रयोग गरिन्छ ।

कसरी हुन्छ उत्पादन ?

कम्पनीको अर्घाखाँची र पाल्पामा खानी विभागले प्रमाणित गरेर दिएको आफ्नै चुनढुंगा खानी छ । सबै भन्दा पहिले आफ्नै खानीको चुनढुंगा परिक्षण गरिन्छ । राम्रो कच्चा पदार्थको प्रत्यभूति पछि उच्च गुणस्तरको ताजा क्लिङकर तयार गरीन्छ ।

सिमेन्ट कस्तो गुणस्तरको हुने भन्ने ठूलो भूमिका कच्चा पदार्थकै हुने भएकाले अर्घाखाँची सिमेन्टले क्लिङकरको गुणस्तरमा विशेष ध्यान दिन्छ । कच्चा पदार्थको प्रयोगबाट उद्योगको सिमेन्ट तयार गर्ने विधि पूर्ण वैज्ञानिक छ । उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने पछिल्लो समय सबै भन्दा राम्रो भर्टीकल रोलर मिलबाट उद्योगले सिमेन्ट उत्पादन गर्छ ।

भीआरएम प्रविधिबाट उत्पादन गर्ने सिमेन्टको कण निकै साना हुन्छ र यो ढलान जडानका लागि महत्वपूर्ण मानिन्छ । उच्च गुणस्तरकै कारण पछिल्लो समय देशभरका सयौं ठूला आयोजनामा अर्घाखाँची सिमेन्ट प्रयोग भएको कम्पनीको दाबी छ ।

सिमेन्टले मात्रै हुन्न समस्या

कंक्रीट युक्त कुनै पनि निर्माणको मुख्य वस्तु नै सिमेन्ट हो । उपभोक्ताको पहिलोसर्त सिमेन्टको गुणस्तरको हुनै पर्छ । तर, गुणस्तरहीन सिमेन्ट उपभोक्तासम्म पुग्नुमा वा संरचनामा क्षति देखिनुमा मूख्य भूमिका सिमेन्ट उद्योगको मात्रै हुन्छ भन्ने बुझ्नु वैज्ञानिक हुँदैन ।

उद्योगमा गरिने लागानीका हिसाबले पनि कुनै पनि उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्न चाहँदैन । गुणस्तरमा देखिने समस्याले अबौर्ँको लगानी जोखिममा पर्ने भएकाले यो आफैमा उद्योगीका लागि हानिकारक छ । त्यसमाथि सरकारी निकायबाट गुणस्तरका विभिन्न मापदण्ड पुरा गरेर मात्रै सिमेन्ट उत्पादन गरिने भएकाले उपभोक्ताले देखे जस्तो गुणस्तरहीन उत्पादन स्वयं सिमेन्ट उत्पादककै लागि प्रत्युत्पादक ठानिन्छ ।

सिमेन्टमा देखिने गुणस्तरको समस्याबारे हामीले नबुझेका केही मुख्य कुराहरु यस्ता छन् । सिमेन्टकै कारण ढलान फुटेको, छतबाट पानी चुहिएको, प्लास्टर राम्ररी नजोडिएको जस्ता गुनासोहरु उपभोक्ताहरुको साझा गुनासो हो । अर्घाखाँची सिमेन्टका ग्राहकबाट अहिलेसम्म यस्तो गुनासो नआए पनि बजारमा सिमेन्टका किस्साहरु चल्दा यस्ता कुराहरु धेरै मात्रामा सुन्नामा आउँछ ।

सिमेन्टको भण्डारण र ताजापन

सिमेन्ट कुन मितिमा उत्पादन भएको हो र यसको ढुवानी तथा भण्डारण कसरी भएको छ भन्ने कुरामा उपभोक्ता सचेत रहनु पर्छ । सामान्यतया उत्पादन भएको मितिले तीन महिनाभन्दा बढी समय गुज्रेको सिमेन्ट उपभोक्ताले खरिद गर्नै हुँदैन ।

दोस्रो कुरा पानी, ओस र तातो घामबाट बचाएर सिमेन्टको ढुवानी र भण्डारण गरेको छकी छैन भन्ने कुरा उपभोक्ताले जहिल्यै ध्यान दिनु पर्छ । उद्योगबाट उच्च गुणस्तरको सिमेन्ट बोकेर निस्कीएको ट्रक पानीले भिजेर सिमेन्टको गुणस्तरमा क्षति पुग्न सक्छ, अर्कोतर्फ चिसो वा चिस्यानयुक्त ठाउँमा डिलर वा आफै उपभोक्ताले गरेको भण्डारणबाट पनि सिमेन्टको गुणस्तरमा समस्या देखिन सक्छ । यसमा उपभोक्ताले विशेष ध्यान दिनु पर्छ ।

सिमेन्टको प्रयोग  

कुनै पनि संरचना निमार्ण हुनका लागि सिमेन्ट, बालुवा, छड र पानीको समिश्रण अनिवार्य छ । सुरक्षित ढुवानी पछि निमार्णस्थलसम्म पुर्याइएको सिमेन्ट र ती वस्तुको घुलनसिल मात्रामा हुने गडबडीले पनि निमार्णमा समस्या देखिन सक्छ । यसो भन्दै गर्दा संरचना निमार्ण गर्ने प्राविधिकले गडबडी गर्छन भन्न खोजेको होईन,तर त्यहाँ हुने कमजोरीको दोष सिमेन्टमा नलगाईयोस् भन्न चै चाहेको हो ।

जस्तै गुणस्तरहिन बालुवा, गुणस्तरहीन छड वा नमिलेको पानी वा गिट्टीका कारणले पनि संरुचनामा क्षति पुग्न सक्छ । उपभोक्ताले निर्माण स्थलमा आफैं बसेर राम्रो प्राविधिकको सल्लाह र प्रत्यक्ष निगरानीमा रहेर संरचना निमार्ण गर्दा समस्याहरुसँग जुध्न सजिलो हुन्छ ।

उपभोक्तासँग जोडिनुपर्छ

सिमेन्ट प्रयोगबारे उपभोक्ताहरुको गुनासो सम्बोधन गर्न अर्घाखाँची सिमेन्टले आफ्नो परामर्श सेवा सातै दिन चौबिसै घण्टा सञ्चालनमा राखेको छ । यो सेवाबाट कुनै पनि संरचना निमार्णका लागि सोच बनाएका उपभोक्ताहरुले परामर्श सेवा लिन पाउने छन् ।

संरचनामा सिमेन्टको प्रयोग, ढुवानी, ताजा सिमेन्टको उपलब्धता र ग्यारेन्टी तथा निमार्णकै चरणमा उद्योगकै प्राविधिकमार्फत फिल्डमा गुणस्तर परीक्षण र निगरानी उपभोक्ताले लिन सक्नेछन् । यसका लागि बिना कुनै सेवा शुल्क उपभोक्ताहरु अर्घाखाँची सिमेन्टसँग जोडिन सक्नेछन् ।

मुलुकको कायपलट हुने ठूला आयोजना नारायणगढ- मुग्लीन विस्तारित सडक, बन्दै गरेको धरहरा, साञ्जेन जलविद्युत, बीर अस्पतालको सर्जकल भवन जस्ता संरचना निर्माणमा रुचाइएको अर्घाखाँची सिमेन्ट उपभोक्तामाझ पनि लोकप्रिय छ ।

(लेखक जयसवाल अर्घाखाँची सिमेन्टका  प्रोजेक्ट सेल्स म्यानेजर र भट्टराइ  सहायक प्रोजेक्ट सेल्स म्यानेजर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment