Comments Add Comment

लामो आयुको राज : जापानीहरु किन खान्छन् सखरखण्ड ?

संसारमा सबैभन्दा लामो आयु बाँच्छन्, जापानीहरु । जापानको पनि ओकिनावाका बासिन्दा सबैभन्दा बढी बाँच्छन् । आखिर उनीहरुको दीर्घायुको रहस्य के हो ? यस सम्बन्धमा अनेकन खोज भएका छन् ।

हुन त हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । तर लामो आयु पाउनका लागि के गर्नुपर्छ ? यसमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार छ वा जन्मजात गुण ? हामी बसेको हावापानी वा अन्न उत्पादन पो जिम्मेवार छ कि ?

सदियौंदेखि यस किसिमको खोज भइरहेको छ । यही खोज अहिले जापानको ओकिनावामा केन्दि्रत भएको छ ।

ओकिनावामा हरेक एक लाख जनसंख्यामध्ये ६८ व्यक्ति सय बर्ष माथिका हुन्छन् । उनीहरु सयबर्ष भन्दा बढी बाँच्छन् । त्यो पनि तन्दुरुस्त र निरोगी ।

उनीहरु यति लामो आयु बाँच्नुमा वंशानुगत गुण हो कि, खानपान ?

ओकिनावाका वासिन्दा खानामा प्रोटिनभन्दा बढी कार्बोहाइड्रेट लिने गरेका छन् । त्यसमा पनि धेरैभन्दा धेरै सखरखण्ड खाने गरेको पाइयो । उनीहरुलाई धेरैजसो क्यालोरी शखरखण्डबाट मिल्छ ।

रिसर्चबाट थाहा लागेको छ कि धेरै कार्बोहाइड्रेटयुक्त खानेकुरा सेवन गर्नाले हाम्रो शरीरमा यस्ता केही प्रतिक्रिया हुन्छ, जसले उमेर बढ्ने क्रम धीमा गरिदिन्छ । साथसाथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुराले हामीलाई उमेर बढेसँगै हुने रोग जस्तो क्यान्सर, अल्जाइमर वा मुटुको रोगबाट बचाउँछ ।

ओकिनावामा मानिस लामो उमेरसम्म बाँच्छन् । तर, उनीहरु बुढ्यौलीमा अशक्त वा अर्कामाथि आश्रति हुँदैनन् । त्यहाँ मानिसहरु बुढ्यौलीको अन्तिम चरणसम्म सक्रिय रहन्छन् ।

ओकिनावामा बुढापाकाहरु ९७ बर्षको उमेरसम्म आफ्नो सबै काम आफै गर्छन् । उमेरसँगै आउने रोगहरुले उनीहरुलाई खास असर गर्दैन । क्यान्सर, मधुमेह, डिमेन्शिया र मुटुको रोग यहाँका मानिसहरुलाई कम मात्रा हुनेगर्छ ।

भनिन्छ, ओकिनावाका मानिसहरुको खानपानमा पनि उनीहरुको लामो आयुको राज लुकेको छ ।

एशियाका वासिन्दाले जस्तै ओकिनावाका मानिसले मूख्य भोजनको रुपमा चामललाई लिदैनन् । उनीहरु सखरखण्ड सेवन गर्छन् । सखरखण्ड यहाँ १७ औं सताब्दीमा नेदरल्यान्डबाट समुन्द्री कारोबारको माध्यामबाट पुगेको थियो । यसका साथै ओकिनावाका मानिसहरु हरियो, पहेंलो सब्जी र सोया उत्पादन पनि एकदम बढी सेवन गर्छन् ।

ओकिनावाका मानिसहरु सुँगुरको मासु, माछा र अरु किसिमको मासु पनि सेवन गर्छन्, तर यसको मात्रा एकदम कम हुन्छ ।

कुल मिलाएर ओकिनावाका परम्परागत भोजन भनेको हरियो सब्जीले भरपुर हुन्छ । यसमा सबै आवश्यक भिटामिन र खनिज हुन्छ । तर, यसमा क्यालोरी कम हुन्छ ।

वैज्ञानिकहरु भन्छन् कि, कम क्यालोरीयुक्त डाइटमा ओकिनावाका वासिन्दाका लामो उमेरको राज लुकेको छ । सन् १९३० को दशकदेखि धेरै चिकित्सक वा वैज्ञानिकले यो सल्लाह दिदै आएका छन् कि, जति कम क्यालोरी खानुहुन्छ, उत्तिनै तौल नियन्त्रण हुन्छ । यसबाट तपाईंको उमेर पनि प्रभावित हुन्छ ।

यस तर्कलाई सावित गर्ने गरी बाँदरमाथि पनि प्रयोग भएको थियो । ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको पाइयो । बाँदरमाथिको यो अध्ययन २० बर्षसम्म चलेको थियो । कम क्यालोरी खाने बाँदर लामो समयसम्म जवान पनि देखिन्थ्यो । उनीहरुमा बुढ्यौलीको संकेत देखिदैनथ्यो । रौं पनि युवाअवस्थामा जस्तै चम्किलो थियो ।

मानिसमाथि त यस किसिमको अध्ययन भएको छैन । यद्यपी अमेरिकाका नेशनल इन्स्िटच्युट अफ एजिङले हालै दुई बर्षसम्म यस्तै रिसर्च गरेको थियो । कम क्यालोरी खाने वयक्तिको स्वास्थ्यबाट थाहा भयो कि, उनीहरुलाई मुटुको रोग हुने खतरा निकै कम थियो । उनीहरुको उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रित रहेको पाइयो ।

कम क्यालोरीयुक्त खानेकुरा किन यति फाइदाजनक छ ? यसको ठोस जवाफ अहिलेसम्म फेला परेको छैन । एक संभावना के छ भने यसले हाम्रो शरीरको कोशिकामा अलग किसिमको संकेत मिल्छ । हाम्रो शरीर नयाँ कोशिकाको विकासको कारण मौजुद कोशिकाको संरक्षण र त्यसको मर्मतमा बढी ध्यान दिन्छ । यसको अर्थ कम क्यालोरी लिनाले कोशिकामा विषाक्त तत्व कम जम्मा हुन्छ ।

सामान्था सोलोन बिएटले जनवारमाथि गरेको रिसर्चमा पायो कि, कम प्रोटीन र धेरै कार्बोहाइड्रेटयुक्त खानपानले तमाम जीवको दिमाग धेरै लामो समयसम्म जवान रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment