Comments Add Comment

विद्यार्थीमाथि प्रहरी दमनको विरोधमा नेविसंघद्वारा बुटवलमा प्रदर्शन

२४ मंसिर, बुटवल । बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा नेपाल बिद्यार्थी संघ  रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ रुपन्देहीको आयोजना र बिभिन्न क्याम्पसका इकाइहरुको समन्वयमा मंगलबार बुटवलमा उनीहरुले प्रहरी दमनको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

यो पनि पढ्नुहोस कोहलपुरमा निषेधाज्ञा हट्यो, डीएसपी पनि फेरिए

उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरु मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाया पोख्रेल, महेश शर्मा लगायतले बोल्दै सरकारले विद्यार्थीमाथि गरेको दमन अक्षम्य भएको बताए ।

उनीहहरुले गृहमन्त्री राजिनामा दे, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन बन्द गर लगायतका प्ले कार्ड बाेकेर नाराबाजी समेत गरेका थिए ।

सो कार्यक्रममा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेज लगायतका विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । अस्पताललाइबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेविसंघका नेताहरुले सरकारको लाचारीपनका कारण स्कुले विद्यार्थीले पीडा भोग्नुपरेको बताए । उनीहरुले सरकारले संविधान विपरित कदम चालेको भन्दै कार्यशैली सच्याउन चेतावनी दिए ।

आइतबार बिहान ट्रकले ठक्कर दिँदा कक्षा ७ मा अध्ययनरत कोहलपुर—१० की प्रकृति चन्द गम्भीर घाइते छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment