Comments Add Comment

‘छपाक’ ट्रेलरः एसिड आक्रमणमा परेकी दीपिका

सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार भएको चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा माल्तीको भूमिकामा नायिका दीपिका पादुकोणले अभिनय गरेकी छिन् । दीपिकालाई एसिड आक्रामणमा परेकी यूवतीको भूमिकामा देखाइएको छ ।

मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, गोविन्द सिंह सन्धु र मेग्ना गुल्जारले निर्माण गरेका हुन् । अतिका चोहान र मेग्ना गुल्जारको लेखनमा तयार भएको यो चलचित्र सन् २०२० को जनवरी १० मा रिलिज हुँदैछ ।

भारतमा मात्र नभएर अहिले नेपालमा पनि एसिड आक्रमणको घटना बढेको छ । चलचित्रले समाजमा सचेतना बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment