+
+
Shares

कुमारी बैंकको आकर्षक नयाँ योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १७:४९

२४ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद सहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम् प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ योजना अघि सारेको छ।

बैंकले नयाँ तथा पुराना मोबाइल बैकिङ् ग्राहकलाई कुमारी स्मार्ट माबोइल बैंकिङ्क एप्लिकेसनको प्रयोग गरी कुमारी मोबाईल बैकिङबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्याब्याक प्राप्न गर्न सक्ने सुविधा प्रदान गरेको छ।

यस्तै बैंकले कुमारी मोबाइल प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत दैनिक अधिकतम १०० सम्म क्यासव्याक प्राप्न गर्ने सुविधा पनि यही फागुन १७ गतेसम्म लागू हुने भएको छ।

कुमारी स्मार्टको प्रयोग गरि पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट लगायत भुक्तानी पनि गर्ने सुविधा छ।

समसामयीक प्रविधिसँग जोडिएर सेवा दिन तल्लिन कुमारी बैंकको मुलुकर ११६ शाखा सञ्जाल, १११ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ्क इकाइहरु छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?