Comments Add Comment

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा, सभामुख को ?

२५ मंसिर, काठमाडौं । मंगलबार सम्पन्न १३ औं सागले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक भावी सभामुख , मानव विकास सूचकांकमा नेपालको अवस्थालगायत विषयबारे पनि पत्रपत्रिकाले चर्चा गरेका छन् ।

कान्तिपुरले ‘नेपाललाई ५१ स्वर्ण’ शीर्षक दिएर १३ औं साग खेलकुदमा नेपालले हासिल गरेको उपलब्धिबारे चर्चा परिचर्चा गरेको छ । अन्नपूर्णले सागको सुखद् समापन भएको लेखेको छ भने नागरिकले १३ औं सागको उपलब्धि ऐतिहासिक भएको निष्कर्ष निकालेको छ ।

उपसभामुख को ?

आजका दैनिक पत्रिकाहरूले रिक्त उपसभामुखबारे पनि चर्चा गरेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल चलान भएपछि सभामुख पद रिक्त छ ।

अन्नपूर्णले भावी सभामुखका लागि सत्तारूढ नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी गरेको लेखेको छ ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यही कारण उपसभामुखलाई राजीनामा गराउन लागिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

कान्तिपुरले संसद्को हिउँदे अधिवेशन आह्वानसँगै नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको लेखेको छ । कान्तिपुरका अनुसार मुख्य दाबेदारका रूपमा पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment