Comments Add Comment

‘हेड टू हेड’ च्यालेञ्जबाट अनुष्का टप ४० मा

डिसेम्बर १४ मा लण्डनमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपालबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् । १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा पुगेकी छिन् । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उनले आफूलाई टप ४० मा पुर्याएकी हुन् ।

अनुष्काले पहिलो चरणको ‘हेड टू हेड’ च्यालेञ्ज इन्डोनेशिया र दोस्रो चरणको च्यालेञ्ज मेक्सिकन सुन्दरीसँग गरेकी थिइन् । ती दुबै देशका सुन्दरीलाई पछि पार्दै अनुष्काले आफूलाई टप ४० मा सुरक्षित गरेकी हुन् ।

अनुष्का मल्टिमिडिया अवार्डको पनि दावेदार बनिरहेकी छिन् । भोटिङको आधारमा हुने यो अवार्डको टप ३ मा अनुष्का परिसकेकी छिन् । मल्टिमिडिया अवार्डको लागि मेक्सिको र मंगोलियाकी सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

यस्तै, ‘व्यूटी विथ पर्पोज’को उत्कृष्ट १० मा अनुष्काले आफ्नो स्थान बनाइसकेकी छिन् । यो विधा जितेको खण्डमा अनुष्का उत्कृष्ट १६ मा पुग्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment