Comments Add Comment

भ्रमण वर्षको उद्घाटनका दिन दीपावली गर्नुस् : पर्यटनमन्त्री

२५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे ।

नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष–२०२० का विषयमा छलफल आयोजना गरेको थियो । त्यसमा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए । तर, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गरे ।

उनले भने, ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि मागमात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं ।’

मन्त्री भट्टराईले व्यवसायीसँग आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखेर अभियानमा जुट्न पनि भने । त्यसको अनुगमन मन्त्रालयबाट हुनेसमेत उनको भनाइ थियो ।

नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment